मधेश

मधेसका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

इकागज |
जेठ २३, २०८१ बुधबार २१:१ बजे

फाइल फाेटाे

काठमाडौं - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन सकेनन् । आजको बैठकमा उपस्थित १०३ सांसदमधये यादवको पक्षमा ५० मत आयो । उनको विपक्षमा ५३ सांसदले मतदान गरे । बहुमतका लागि ५४ सांसदको मत आवश्यक पर्छ ।

जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत मागेका थिए ।


संविधानको धारा १८८ को २ अनुसार मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि ०७९ माघ ४ गते, ०८० जेठ ३० गते, ०८१ फागुन ६ गते र ०८१ वैशाख ४ गते विश्वासको मत लिएका थिए ।


Author

थप समाचार
x