मधेश

मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले गठन गरे १४ सदस्यीय मन्त्रिपरिषद्

इकागज |
जेठ २५, २०८१ शुक्रबार १३:५२ बजे

काठमाडौँ-  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन् ।


माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त भएका छन् भने नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् ।

त्यसैगरी गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम नियुक्ति भएकी छन् । नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री भएकी छन् ।

त्यस्तै राज्यमन्त्री एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।


Author

थप समाचार
x