मधेश

वडाध्यक्ष यादवको निधन

इकागज |
जेठ ३१, २०८१ बिहीबार १०:३८ बजे

जनकपुर- मधेश प्रदेशको राजधानी जनकपुरधामसँगै जोडिएको धनुषाधाम नगरपालिकाका एक जना वडा अध्यक्षको निधन भएको छ।

धनुषाधाम नगरपालिका-१ का वडाध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडाध्यक्ष यादवको बिहीबार बिहान ६:१० बजेमा आफ्नो घरमै मृत्यु भएको परिवारले जनाएको छ ।


पेटको आन्द्रामा क्यान्सर रोगबाट ग्रस्त यादवको उपचार चलिरहेको थियो । नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दै आएका उनको अचानक मृत्यु भएको छ । मृतक यादवको श्रीमती, एक छोरा र दुई छोरी छन् ।

धनुषाधाम नगरपालिका–१, काशीपुर घर भएका यादवको धनुषाधाम वन क्षेत्रमा आज दिउँसो अन्त्येष्टि गर्ने तयारी भइरहेको उनको परिवारजनले जनाएको छ ।


Author

थप समाचार
x