मधेश

मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा महतो नियुक्त

इकागज |
जेठ ३१, २०८१ बिहीबार २१:२७ बजे

धनुषा- मधेश प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा अधिवक्ता सुरेन्द्रकुमार महतो नियुक्त भएका छन् । उक्त पदबाट वीरेन्द्रकुमार ठाकुरले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महतोलाई बुधबार मुख्यन्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मुख्यन्यायधिवक्तामा महतोलाई नियुक्त गरेकी हुन् ।


नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सबैला नगरपालिका-६ स्थायी ठेगाना भएका महतोलाई जेठ ३० गते मधेश प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेको जानकारी प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि मुख्यन्यायाधिवक्ताको जिम्मेवारीमा रहेका वीरेन्द्रकुमार ठाकुरले राजीनामा दिएका थिए । सरकार फेरिएपछि ठाकुरले पदबाट राजीनामा दिएका हुन् ।


Author

थप समाचार
x