मधेश

मधेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा शाह नियुक्त

इकागज |
असार ६, २०८१ बिहीबार १९:५७ बजे

जनकपुरधाम- मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहनकुमार शाह नियुक्त भएका छन् ।

बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी निकट मानिने शाहलाई उपाध्यक्ष नियुक्त गरेका हुन् । 


शाहले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट स्कुल अफ सोसल साइन्स अन्तर्गत विज्ञान नीति अध्ययनमा विद्यावारिधि गरेका छन् ।

शाह तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारको बेला योजना आयोगको सदस्य थिए । 


Author

थप समाचार
x