मधेश

ईशनाथले ल्यायो ५१ करोडको बजेट

इकागज |
असार ९, २०८१ आइतबार १२:२० बजे

रौतहट - रौतहटको  दक्षिणीभेग ईशनाथ नगरपालिकाको ९औं नगरसभाले ५१ करोड भन्दा बढीको बजेट ल्याएको छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि ९औं नगर अधिवेशनको सभा अध्यक्ष मेयर कौशल्या देवी सिन्हालेकुल ५१ करोड ५४ लाख ९३ हजार ४९९ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् ।


महिन्द्र ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाले  शिक्षा ,खेलकुद, स्वास्थ्य, कृषि, रोजगारी, लघु-उधम, पशु सेवा, महिला, बालबालिका, अपांग, दलित, पिछडिएको क्षेत्र तथा संस्थागत विकासलाई लक्षित गरेर बजेट विनियोजन गरिएको ईशनाथका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार झाले बताएका छ्न । नगरसभामा निर्वाचित जनप्रतिनिधिसंगै बिभिन्न राजनीतिक दलका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 


Author

थप समाचार
x