मधेश

मधेशमा रकमान्तर विवादमा संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

इकागज |
असार १०, २०८१ सोमबार १५:१६ बजे

जनकपुर- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रतिवेदन बुझाएको छ ।

मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको रकमान्तरको विषयमा छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले आज प्रतिवेदन बुझाएको हो ।


एमालेको मागअनुसार विसं २०८० असार २६ मा सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारले अर्थमन्त्रालयमा ठूलो मात्रामा अनियमित रकमान्तर गरेको विषयमा प्रदेशसभाले समिति गठन गरेको थियो ।

उक्त समितिमा मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने दश वटा दलका एक–एकजना सांसद छन् । समितिलाई दुई महिनाभित्र छानबिन गरी प्रतिवेदन बुझाउने समयावधि दिएको थियो ।


Author

थप समाचार
x