मधेश

विद्युत्‌को तार सर्ट भएर सुन्दुरेघारीमा आगलागी, लाखौंको क्षति

इकागज |
असार १२, २०८१ बुधबार ११:१७ बजे

रौतहट- पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका-९ सिन्दुरेघारी गाउँमा आज बिहान एक घरमा भएको आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

बुधबार बिहान साढे ७ बजे चन्द्रपुर ९ सिन्दुरेघारीका ध्रुव बहादुर सापकोटाको जस्ताले छाएको दुई तल्ले कच्ची घरमा विद्युत्‌ लाइन सर्ट भई आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको छ।


आगलागीबाट घर र घरभित्र रहेका अन्नपात, लत्तकपडा र सिलाई मिसिन पुर्णरुपमा जलेर नष्ट हुँदा पाँच लाख ८८ हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख विक्रम हुमागाईंले बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट असई कृष्णनन्दन रायको नेतृत्वमा गएको ७ जनाको टोली ,चन्द्रपुर नगरपालिकाको दमकल  र स्थानियहरुको सहयोगमा बिहान ८ बजेर २० मिनेटमा आगलागी पुर्णरुपमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

रौतहटस्थित सशस्त्र प्रहरी प्रमुखमा एस्पी हुमागाईं आएदेखि आगलागी लगायत विपद पीडितको उद्धार कार्यमा सशस्त्र प्रहरी निकैनै सक्रिय देखिएका छन् ।


Author

थप समाचार
x