मधेश

मधेश सरकारबाट माओवादी र समाजवादी बाहिरिँदै

इकागज |
असार २२, २०८१ शनिबार १२:१० बजे

फाइल तस्बिर

जनकपुरधाम- मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन् । मधेश प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् । 

माओवादीबाट अर्थमा भरत प्रसाद साह, पर्यटनमा समिर भट्टराई, एकीकृत समाजवादीबाट गोविन्द न्यौपाने कृषि , बेचि लुङ्गेली श्रम तथा यातायात मन्त्री छन् । यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री रहेकी विमला अन्सारी र नागरिक उन्मुक्तिबाट श्रम तथा यातायात मन्त्री रहेकी उर्मिला देवी सिंह चौधरीले पनि राजीनामा दिन लागेका छन् ।


केन्द्रमा कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएपछि त्यसको असर प्रदेशमा देखिएको हो । कांग्रेस र एमालेबीच मधेश प्रदेश सरकारको नेतृत्व मधेश केन्द्रित दललाई दिने सहमति भएका मधेश प्रदेशमा जनमत पार्टीकै नेतृत्वको सरकार रहने देखिएको छ ।


Author

थप समाचार
x