मधेश

मधेश मुख्यमन्त्रीद्वारा ६ जना मन्त्री पदमुक्त

इकागज |
असार २२, २०८१ शनिबार १४:१२ बजे

धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् । 

मन्त्रीहरूसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।


हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्ने सम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन् ।

प्रदेशसभामा आज उनले विश्वासको मत लिने कार्यसूची छ ।


Author

थप समाचार
x