मधेश

मुख्यमन्त्री सिंहद्वारा प्रदेशका मन्त्रालयकै छड्के अनुगमन

इकागज |
साउन ६, २०८१ आइतबार १८:५८ बजे

फाइल तस्बिर

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयका कर्मचारीले लापरबाही गर्ने गरेको जनगुनासो बढेपछि आज ११ वटा मन्त्रालयमै छड्के अनुगमन गरेका छन् ।

आज निरीक्षण तथा अनुगमन गर्दै उनले त्यस क्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्ने जस्ता समस्या रहेको पाइएको जानकारी दिए ।


प्रदेश सरकारकै मन्त्रालयका कर्मचारीले त्रुटि गरेको भेटिएपछि पत्र लेखेर जवाफ मारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालय समय सुरू भएलगत्तै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन् ।


Author

थप समाचार
x