Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

मधेश

सामुदायिक विद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी

इकागज |
साउन ८, २०८१ मंगलबार १०:५० बजे

रौतहट- कटहरियास्थित तलब भत्ताको माग गर्दै नेपाल विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

नगरभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरू, बाल विकास सहयोगी कार्यकर्ताले तलब र भत्ताको माग गर्दै ज्ञापन पत्रमार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।


सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक वर्ष २०७९/०८० को वैशाखदेखि असार मसान्तसम्मको न्यूनतम थप तलब, यस आर्थिक वर्षको वैशाखदेखि असारसम्मको तलब र प्रतिमहिना दुई हजारको दरले प्रोत्साहन भत्तासमेतको रकम निकासा नभएर कसैले पनि नपाएर कठिनाई भएको छ ।

सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले १५ दिनभित्र तलब निकासा नभएमा निम्नअनुसारको आन्दोलन गर्न बाध्य हुनेछौं ज्ञापनपत्रमा भनिएको छ ।

आगामी भदौ २ गतेदेखि ३ गतेसम्म कटहरिया नगरपालिकामा धर्ना बस्ने, भदौ ४ गते हातमा कालो पट्टी बाँधेर आआफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कटहरियास्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी झन्डै ६० जना कार्यरत रहेका छन् ।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादवसहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा दोषी ठहर भएर झण्डै १ महिनाअघि निलम्बित भएपछि नगरको जवाफदेहिता अन्यौल बनेको छ ।


Author

थप समाचार
x