Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

मधेश

अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

इकागज |
साउन १०, २०८१ बिहीबार १०:५० बजे

महोत्तरी- स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी निवेदनका चाङ लागेका छन् । आर्थिक वर्ष २०८०/८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फस्र्यौट नभएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महोत्तरीमा यस प्रकृतिका निवेदन दुई हजार आठ सय नौवटा परेकामध्ये दुई सय ३५ वटा मात्र फस्र्यौट भएका छन् । अदालतमा विचाराधीन मुद्दा धेरै भएकाले निराकरणमा जटिलता भएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबार बताउँछन् ।


सरकारले मिटरब्याजबाट ठगिएकालाई उजुरी गर्न आह्वान गरेपछि स्थानीय प्रशासन र  प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको उनले बताए ।  कानुनी सीमाका कारण धेरै मुद्दामा निर्णायक छलफल नै हुन नसकेको उनको कथन छ ।


Author

थप समाचार
x