मधेश

मधेश प्रदेशमा इतिहासकै 'जम्बो' मन्त्रिमण्डल, मुख्यमन्त्री सिंहले बनाए नयाँ रेकर्ड

इकागज |
साउन २३, २०८१ बुधबार ७:२५ बजे

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

मन्त्रालयको संख्या १२ रहेको मधेश प्रदेशमा मन्त्रिपरिषद्‌को संख्या २० पुगेको छ । यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठूलो मन्त्रिपरिषद्‌ हो । सबैलाई भाग पुर्‍याउन मुख्यमन्त्री सिंहले 'जम्बो' मन्त्रिमण्डल बनाएर नयाँ रेकर्ड कायम गरेका छन् ।


मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक ऊर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनीहरुले मंगलबार नै शपथसमेत लिएका छन् । 


Author

थप समाचार
x