Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

मधेश

मन्त्रालय बाँडफाँट तथा राज्यमन्त्री थपबारे मधेश प्रदेशका मुख्यमन्त्रीसँग जानकारी माग

इकागज |
साउन २५, २०८१ शुक्रबार १९:१७ बजे

काठमाडौँ- मधेश प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै असन्तुष्टि जनाएको छ । 

पार्टीका प्रवक्ता डा शरदसिंह यादवले मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरेर जिम्मेवारी बाँडफाँट र सरकार विस्तार गरेको भन्दै आवश्यक जानकारी माग गरेको बताए ।


जनमतले परिणाम देखिने गरी जनताको हकहितको लागि मन्त्रालयको काममा ध्यान दिनुभन्दा मुख्यमन्त्रीले अनावश्यक उद्घाटन समारोहमा समय खर्चिएको, पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप लगाएको छ । 'जनमतले परिणाम देखिने गरी काम गर्नुपर्नेछ तर मुख्यमन्त्री भने उद्घाटन मै व्यस्त हुनुहुन्छ । यसैगरी बजेट बनाउने क्रममा सांसदलाई रु पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई पार्टीको छविमा बारम्बार आँच पुर्‍याएकोलगायत विषयमा उहाँलाई पार्टीले स्पष्टीकरण सोधेको हो,' प्रवक्ता यादवले भने ।


Author

थप समाचार
x