मधेश

मधेशका सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न सिफारिस

इकागज |
साउन २९, २०८१ मंगलबार १२:५४ बजे

फाइल फोटो

धनुषा - मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने राज्यमन्त्रीहरूलाई पत्राचार गरिएको छ । साथै उनीहरूलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो । 


यही साउन २२ गते गठित मन्त्रिपरिषद्मा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेको उक्त कार्यालयले जनाएको छ । 

मधेसमा २० सदस्यीय मन्त्रिपरिषद् गठन भएकामा चौतर्फी विरोध भएको थियो ।
 


Author

थप समाचार
x