मधेश

मधेसका मुख्यमन्त्री सिंहले हटाए आठ राज्यमन्त्री

इकागज |
साउन २९, २०८१ मंगलबार १३:२८ बजे

फाइल फोटो

जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् ।

जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधेपछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्रीलाई हटाएका हुन् ।


उनले संघीय सरकारका झै २० मन्त्रिपरिषद् गठन गरेका थिए । आज ८ जना राज्य मन्त्री हटाएपछि १२ जना मन्त्रिपरिषद्मा सीमित भएको छ ।

मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए ।

यसअघि नै उनको मन्त्रिमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भइसकेका थिए । आज सबै राज्यमन्त्री पदमुक्त भएका छन् ।


Author

थप समाचार
x