मधेश

भातिजको कुटाइबाट काकाको मृत्यु

सुवास कर्ण |
मंसिर १२, २०७७ शुक्रबार १७:२१ बजे

जनकपुरधाम : महोत्तरीमा भातिजको कुटाइबाट काकाको मृत्यु भएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका १ मा गएराति भातिज नाता पर्ने विनोद मण्डलको कुटाइबाट ६० वर्षीय रामखेलावन मण्डलको मृत्यु भएको हो ।

पारिवारिक विवादका कारण भातिज विनोदको कुटाइबाट बिहीवार साँझ रामखेलावन घाइते भएका थिए । उपचार पश्चात उनलाई घर लगिएको थियो ।
सोही अबेर राति रामखेलावनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताएका छन ।


प्रहरीले कुटपिट गर्ने विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जनाएको छ ।


Author

थप समाचार
x