मधेश

पुलको निर्माणको माग : आमरण अनशन तोडियो

इकागज |
भदौ ८, २०८१ शनिबार ६:४५ बजे

महेन्द्रनगर (धनुषा)- हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा सीमामा पर्ने कमला नदीमाथि पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरू अनशन तोडेका छन् ।

अनशन बसेका युवाहरूसँग शुक्रबार चारबुँदे सम्झौता भएसँगै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर अनशन तोडाएका हुन् ।
    
मधेस सरकारले नयाँ कमला पुल निर्माणका लागि सहजीकरण गर्न तयार भएपछि अनशन तोडिएको हो । 



Author

थप समाचार
x