मधेश

विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन

इकागज |
असोज ८, २०८१ मंगलबार १०:७ बजे

रौतहट- पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् ।

गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्याधिक गर्मी बढेका कारण सोमबार स्थानीय राजदेवी नगरपालिकास्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरू बेहोस भएका थिए ।


जिल्ला शिक्षा समन्वय ईकाइ रौतहटका एक जना अधिकृत उपेन्द्र सिंहका अनुसार गर्मीको कारण अचेत भएका ती विद्यार्थीको मुखबाट सेतो फिज निक्सिएको थियो ।

विद्यालयमा गर्मीबाट बिद्यार्थीहरूलाई बचाउन राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६:३० बजे गरिएको सिंहले बताएका छन् । गर्मीकै विद्यार्थीमा समस्या देखिन थालेपछि चन्द्रपुर नगरपालिकाले आज देखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।

त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेलसम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६:३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन् । त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि विद्यालय सञ्चालनको समय बिहान ६:३० देखि गरेको श्री माध्यमिक विद्यालय कर्कच गुठीका प्रधानाध्यापक पवन पण्डितले बताएका छन् । 

१८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विधार्थी बचाउन बिहानमा कक्षा सञ्चालन गरिएको छ । 


Author

थप समाचार
x