मधेश

बागमतीमा बेपत्ता युवाको १९ घण्टापछि शव भेटियो

इकागज |
असोज ८, २०८१ मंगलबार १३:२१ बजे

रौतहट- जितिया पर्व मनाउन साथीहरु संग सोमवार रौतहटको पूर्विभेग बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको झण्डै १९ घण्टाको खोजिपछि आज बिहान शव बरामद भएको छ ।

स्थानीय माधव नारायण नगरपालिका- ८ रजावाडा गाउँ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका १८ वर्षीय श्यामलाल सहनीको शव घटनास्थलबाट डेढ किलोमिटर दक्षिण गढोस्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए ।


सोमबार बिहान साढे ११ बजे बागमती नदीमा नुहाउने क्रममा युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण, ईलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाहरूसहितको टोलीले मृतकको शव आज बिहान ६ बजे नदीबाट बाहिर निकालेको थियो ।

घटनास्थलको मुचुल्का पश्चात मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाइएको छ ।


Author

थप समाचार
x