मधेश

विदेशबाट फर्किएका युवाले गरे बुवा र श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु

इकागज |
असोज १०, २०८१ बिहीबार ९:१९ बजे

सर्लाही- जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमान्‌ले गोली हानी हत्या गरेका छन् । उनीहरूबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान्‌ले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् । 


Author

थप समाचार
x