मधेश

महोत्तरीमा बाढी हेर्न जाँदा दुई जनाले गुमाए ज्यान

इकागज |
असोज १३, २०८१ आइतबार ६:३५ बजे

महोत्तरी- बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन्भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए ।


यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् । 


Author

थप समाचार
x