मधेश

बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान

इकागज |
असोज २१, २०८१ सोमबार १५:५९ बजे

महोत्तरी : जलेश्वरमा गत हप्ता बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका-८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई रु दुई लाख राह प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकका बुवा नारायण साहलाई घरमै पुगेर रु दुई लाख प्रदान गर्नुभएको हो ।


यही असोज १२ गते दिउँसो अविरल वर्षापछि वडा नं ८ भएर बग्ने सोनी नदीको बाढी हेर्न गएका बेला रोहितलाई बाढीले बगाएकामा करिब चार घण्टापछि साढे तीन किलोमिटर तल उहाँको शव भेटिएको थियो । 


Author

थप समाचार
x