मधेश

नुहाउन गएकी मण्डललाई खोलाले बगायो, पाँच सय मिटर तल शव फेला

इकागज |
असोज २२, २०८१ मंगलबार ७:४२ बजे

जलेश्वर (महोत्तरी)- यहाँको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा सोमबार विग्ही नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय वीरेन्द्र मण्डलकी छोरी १५ वर्षीया आरतीकुमारी मण्डल रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । विग्ही नदीमा नुहाउन गएकी उनलाई नुहाउने क्रममा आएको बाढीले बगाएको थियो ।


नदीले बगाएको किशोरी आरतीलाई स्थानीयले खोज्ने क्रममा बगाएको स्थानदेखि पाँच सय मिटर तल फेला पारेका थिए । किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x