मधेश

मोटरको तार जोडने क्रममा करेन्ट लागेर महतोको मृत्यु

इकागज |
असोज २२, २०८१ मंगलबार १४:११ बजे

रौतहट- रौतहटमा विद्युतिय मोटरबाट करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । स्थानीय यमुनामाई गाउँपालिका-५ मिठुअबा गाउँका प्रमोद महतोको छोरा २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो ।

युवक अस्लोक कुमार आफ्नै खेतमा धान बालीमा पानी हालन जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेर उपचारको लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा ल्याएकोमा चिकित्सकले चेकजाँच गरी गएराति मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।


मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ 


Author

थप समाचार
x