मधेश

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

इकागज |
असोज २५, २०८१ शुक्रबार ११:१२ बजे

फाइल तस्बिर

धनुषाधाम- जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ । 

मन्दिरमा महाष्टमी तिथिअनुसार बिहीबार साँझ ८:३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा  बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ ।


रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उनले बताए ।


Author

थप समाचार
x