मधेश

महोत्तरीमा १५ वर्षीय किशोरीमाथि जबरजस्ती करणी

इकागज |
कात्तिक ३, २०८१ शनिबार ८:१ बजे

सांकेतिक तस्बिर

महोत्तरी- महोत्तरीको बर्दिवासमा एक अटो चालकले १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ । भंगाहा घर भएका ३० वर्षीय अटो चालकले घरमा लगेर जबरजस्ती करणी गरेको तीन दिनपछि खुलासा भएको हो ।

किशोरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अभिभावकहरुले सोधीखोजी गर्दा जबरजस्ती बलात्कृत भएको बाहिरिएको थियो ।


छोरीले आफू बलात्कृत भएको बताएपछि घटनाबारे पीडित परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा शुक्रबार उजुरी दिएका छन् । बर्दिबास–१४ मा डेरा गरी बस्ने उक्त ३० वर्षीय पुरुषले किशोरीलाई मङ्गलबार कामको निहुँ बनाएर आफ्नै भाडाको कोठामा लगेर जबरजस्ती गरेको पीडित परिवारको गुनासो छ ।

घटनाबारे सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय बर्दिबासले पीडित युवतीलाई स्वास्थ्य परिक्षणको लागि बर्दिबास अस्पताल पुर्‍याएको छ । परिवारले बलत्कार नै भएको दाबी गरेतापनि घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले किटानी जाहेरी दिएका अटो (सफारीचालक) प्रहरीलाई सूचना आएपछि कोठामा नरहेको र उनको खोजी गरिरहेको ईलाका कार्यालय प्रमुख रेवतिरमन पोखरेलले जानकारी दिए ।


Author

थप समाचार
x