कमला नदीको टापुमा फसेका तीन जनाको उद्धार
धनुषा : अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका-८स्थित कमला नदीको टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान उद्धारगरेको छ । तरकारी कुर्न गएका उनीहरू अविरल वर्षासँगै आएको पानीको वाहव बढेर नदीको टापुमा फसेका थिए ।
उक्त टापुमा केही व्यक्तिहरू फसेको भन्ने जानकारी पाएसँगै सशस्त्र प्रहरी बल नेपाल नमबर-८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको टोलीले उद्धार गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया