मधेश

गौरमा पस्‍न थाल्यो झाझ खोलाको पानी, स्थानीय त्रसित

इकागज |
असार १८, २०७८ शुक्रबार १९:४५ बजे

सांकेतिक तस्बिर

गौर : रौतहटको गौरमा स्थानीय झाझ खोलामा आएको बाढीका कारण गौर डुबानमा पर्न थालेको छ । खोलाको पानी गौर प्रवेश गर्न लागेपछि सर्वसाधारणहरू त्रसित बन्न थालेका छन् ।

वागमती तथा लालबकैया नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय झाझ खोलामा पानी बढ्दै जाँदा खेतीयोग्य जग्गा तथा सदरमुकाम गौरमा जाने पानीको बहाव बढेको हो । झाझ खोलाको पानी दिउँसो ४ बजेदेखि गौरमा पस्न थालेको छ । जसका कारण गौर-२ , ५, ९ लगायतको वडा अहिले डुबानमा पर्न थालेको छन ।


नेपाल-भारत सीमा क्षेमा रहेको गौरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टसमेत बाढीले गर्दा अन्यन्त्र स्थानमा सारिएको छ । अहिले शसस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा चार फिट पानी रहेको छ । यस्तै गौर पिपरा सडकखण्डको गौर नगरपालिका-९ सिर्सिया टोलमा बाढीको पानीले सडक पार गरिरहेको छ । 


Author

थप समाचार
x