अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ
रौतहट- रौतहटस्थित अनुचित लेनदेन मिटरव्याजी कारोबार गर्ने गरेको आरोपमा एक जना सरकारी सेवामा कार्यरत कर्मचारी लाई प्रहरीले बिहीबार पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ५ मिठुअवा गाउँका ४१ बर्षिय श्रीभगवान साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दिपक कुमार रायले बताएका छन्।
स्थानिय रामप्रित साहको जाहेरीमा प्रतिवादी भगवान साह र निजको श्रीमती विनिता साह अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट गत मंसिर २० गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी गरी रहँदा भगवान शुकदेव चौकबाट पक्राउ परेका हुन्। उनको श्रीमती हालसम्म फरार रहेको प्रहरीले जनाएको छ। भगवान कर्णाली प्रदेशमा सरकारी सेवामा कार्यरत रहेका छन्।
त्यहाँबाट घरआएर लुकीछिपी बसीरहेको प्रहरीले थाहा पाएपछि निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले अनुचित लेनदेनमा श्रीभगवान पक्राउ परेको पुष्टि गर्दै आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।
पछिल्लो समयमा रौतहटमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी मुद्दामा प्रहरीले बिशेष सक्रियता देखाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया