मधेश

सशस्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान

इकागज |
पुस ११, २०८१ बिहीबार ११:३९ बजे

रौतहट- रौतहटस्थित सशस्त्र प्रहरीका तीनजना जवानले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको छ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको ती प्रहरी जवानहरुले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको हो।


प्रादेशिक अस्पताल गौरमा सुत्केरी गराउन परोहा नगरपालिका वडा ४ लौकाहाकी जोबैदा खातुन बुधबार भर्ना भएकी थिइन्।

सुत्केरी भएपछी महिला खातुनलाई रगतको अति आवश्यक भएको र रगत उपलब्ध नहुँदा डाक्टरको अनुरोधमा तीनजना जवानलाई प्रादेशिक अस्पताल गौरको ब्लड बैकमा पठाएर रक्तदान गराईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमीले अस्पतालमा भर्ना कुनै बिरामीलाई रगतको अभाव भएपछी अन्य बिकल्प नहुँदा डाक्टरको अनुरोधमा सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा बाट सशस्त्रका जवानहरू आएर पटक पटक रक्तदान गर्दैआएको बताएका छन्। रौतहटमा सशस्त्र प्रहरी प्रमुखको रूपमा एसपी बिक्रम हुमागाईं आएदेखिनै यहाँ सशस्त्र प्रहरी दैवीप्रकोप लगायत मानवीय सेवामा बिशेष सक्रियता देखाएका छन्।


Author

थप समाचार
x