मधेश

हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर घाइते

इकागज |
पुस २५, २०८१ बिहीबार १२:२३ बजे

रौतहट- चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाईटेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो भई पुर्ण रुपमा क्षति भएको छ। टिपर चालक गम्भीर घाइते भएका छन्।

बिहीवार विहान ८ बजेको जिल्लाको पूर्वीभेग वृन्दावन नगरपालिका–४ स्थित क्रशर उद्योगमा लु १ त २८४९ नम्वरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारबाट करेन्ट लागेर टिपरमा आगलागी हुँदा पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।


टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर गम्भीर घाइते भएका छन्। उनको गरुडास्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको तथा अवस्था खतरामुक्त रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्। 

डिएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्नमाथि उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो। घटनाबारेमा अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
 


Author

थप समाचार
x