मधेशलाई अधिकार सम्पन्न बनाउन अझै संघर्ष जरूरी : मुख्यमन्त्री सिंह
फाइल फाेटाे
काठमाडौँ - मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको जरुरी रहेको बताएका छन् ।
मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा शनिबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुकले संघीयता पाएको र बाँकी अधिकार प्राप्तिकालागि अझै संघर्ष जरुरी रहेको बताएका हुन् ।
प्राप्त उपलब्धिलाई संस्थागत गर्दै चरणबद्ध रूपमा बाँकी अधिकारका लागि संघर्ष गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुक संघीयतामा प्रवेश गरेपनि प्रहरी प्रशासन तथा ठूलठूला काम गर्न संघकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भइरहेको बताए ।
त्यस्तै उनले शहीदहरूको परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता जनाउँदै शहीद परिवारका लागि रोजगारीको सिर्जना गर्न कानुनै बनाएर अगाडी बढ्ने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया