मधेश

मधेस प्रदेश सभाः बजेट संशोधन सम्बन्धी संकल्प प्रस्ताव बहुमतले पारित

इकागज |
माघ ६, २०८१ आइतबार १९:१६ बजे

फाइल फाेटाे

जनकपुरधाम - मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटको बुँदा नम्बर १४७ संशोधन गर्न प्रदेशसभामा पेश भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी सांसद रूपा कुमारी यादवले आइतबार बसेको प्रदेशसभा बैठकमा पेश गरेके संकल्प प्रस्तावको पक्षमा ४३ जना र विपक्षमा १६ जनाले मतदान गरेपछि सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्ताव बहुमतले पारित भएको सदनलाई जानकारी गराएका हुन्। 


हाल मधेस प्रदेशसभामा १०६ जना सांसद कायम रहेकोमा बैठकमा ५९ जना उपस्थित भएका थिए।
 


Author

थप समाचार
x