मधेश

ट्रक र स्कार्पियो ठोक्कियो, पाँच जना गम्भीर घाइते

इकागज |
माघ २९, २०८१ मंगलबार ११:१९ बजे

रौतहट- पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकास्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक आमुने सामुने ठोक्किँदा स्कार्पियोको अवस्था क्षतविक्षत बनेको छ।

स्कार्पियोका चालकसहित सवार पाँच जना गम्भीर घाइते भएका छन्।


मंगलबार बिहान ८:२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जादै गरेको ना.४ च. ३६९४ न.को स्कारपिओ र बिपरित दिसाबाट आउँदै गरेको बा.प्र.०१-००६ ख.५७ २९ न.को ट्रक एक आपसमा ठक्कर लागेको थियो।

ठक्करबाट स्कार्पियोमा सवार स्थानिय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदिप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ। दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रसान्त ठाकुरको बाँया हात,दाहिने आँखीभुइँमा चोट लागेको छ।

चालक बौधीमाई नगरपालिका-३ मटिअर्वाका वर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट  लागेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले बताएका छन्। त्यसैगरी बौधिमाई २ का वर्ष १८ को प्रदिप कुश्वाहा निधार टाउको,कानमा चोट अवस्था मध्यम रहेको छ।

बारा सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को संतोष कुश्वाहाको टाउको,चिउडोमा चोट अवस्था सिरियस रहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्। घाइतेहरूलाई उपचारको लागी चन्द्रपुर प्रालि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन्।

दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरी नगरपालिका ४ बस्ने वर्ष २८ को फुरी तामाङ र स्कार्पियो ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्।

घटनास्थलमा शान्ति सुरक्षाको कारण सई महानन्द कुमार यादवको कमाण्डमा टोली खटाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।


Author

थप समाचार
x