मधेश

१०२ जनाको उद्धार

इकागज |
फागुन १२, २०८१ सोमबार ७:४८ बजे

महेन्द्रनगर (धनुषा)- नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा एक सय दुई बालबालिकालाई उद्धार गरिएको छ । 

माइती नेपाल धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सिमानाका भएर भारततर्फ गइरहेको अवस्थामा प्रहरीको सहयोगमा सो सङ्ख्यामा उद्धार गरिएको जानकारी दिए ।


उनका अनुसार उद्धार गरिएकामध्ये १८ वर्षमुनिका ५३ तथा १८ वर्षमाथिका ४९ जना रहेका छन् । यसैगरी एक सय जनालाई सुरक्षा आवास प्रदान गरिएको थियो । सोही अवधिमा एक सय ७२ जनालाई मनोपरामर्श सेवा दिइएको संस्थाले जनाएको छ । 

माइती नेपालले एक वर्षको अवधिमा नेपालबाट सिमानाका तर्फ जाने आठ हजार तीन सय ८२ बसको जाँच गर्नाका साथै मानव बेचबिखनसम्बन्धी जनचेतनामूलक सूचना दिइएको जनाएको छ । 


Author

थप समाचार
x