मधेश

वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

इकागज |
चैत १, २०८१ शुक्रबार ९:५५ बजे

फाइल तस्बिर ।

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको  अनुगमनका क्रममा यस्तो पाइएको हो ।  

फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै मासु व्यवसायीले आफूखुसी मूल्य बढाएर बिक्री वितरण गर्ने गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मासु पसलको अनुगमन गरिएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले अनुगमन गरिएका  मासु पसलमध्ये आधीभन्दा बढी इजाजतबिना सञ्चालन हुँदै आएका भेट्टिएको जानकारी दिए । 


“इजाजतबिना सञ्चालनमा रहेका मासु पसललाई सात दिनभित्र इजाजतपत्र लिइ जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देश गरिएको छ”, उनले भने, “अनुगमनका क्रममा अधिकांश मासु पसलले मूल्यसूची नराखेको भेट्टियो । केही मासु पसलका कारण वरिपरिको वातावरण प्रदूषित भएको पाइएको छ ।” 


Author

थप समाचार
x