मधेश

प्रदेश २मा कोभिड–१९ संक्रमितको संख्या १५ हजार नजिक

इकागज |
कात्तिक १, २०७७ शनिबार १९:३१ बजे

राजविराज : प्रदेश २ मा कोभिड–१९ भाइरसका संक्रमितको संख्या १५ हजार नजिक पुगेको छ । शनिबार २ सय २७ जना नयाँ संक्रमित थपिएका छन्। 
यससँगै यस प्रदेशमा कोभिड–१९ संक्रमितको संख्या १४ हजार आठ सय ४७ पुगेको हो।  

स्थास्थ्य  निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवका अनुसार प्रदेश २ मा शनिबार ६६ महिलासहित २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार महोत्तरीमा १ सय २५, पर्सामा २२, धनुषामा १८, सर्लाहीमा १२, बारामा १२, रौतहटमा १०, सप्तरीमा १०, सिरहामा ७ र अन्य प्रदेशका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


त्यस्तै शनिबार प्रदेश २ मा २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या १२ हजार ७ सय ९४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ। हाल यस प्रदेशमा १ हजार ८ सय ९३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।


Author

थप समाचार
x