दशगजाका नेपालीलाई वर्षेनी सास्ती
फाइल फोटो
वीरगञ्ज : प्रदेश २ का सिमा नाकासँग जोडिएका तथा दशगजा क्षेत्रमा पर्ने नेपाल तर्फका गाउँहरु वर्षा सकेको महिनौसम्म पनि डुबानमा परिरहने समस्याका कारण उनीहरुको उठिबास हुने गरेको छ । उतm गाउँहरु खासगरी भारततर्फ बनाइएको तटबन्ध, सडक लगायतका संरचनाका कारणले पनि पानीको निकास नभएको कारण वर्षाको पानी महिनौसम्म उस्तै रहने गरेको कारण विभिन्न रोग फैलिने, कतै जान आउन समस्या हुने, बालबालिकाहरु विद्यालय समेत जान नसक्ने लगायतका पीडाहरु रहेको उनीहरुको भनाई छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले भने नेपाल तर्फको गाउँको लागि वर्षेनी बजेट छुटयाएपनि काम गर्न नसकि फ्रिज हुने गरेको बताउँदै आएका छन् । रौतहट गौरका स्थानीयबासी ओम पटेलले दसगजा क्षेत्रमा बस्ने स्थानीयहरुलाई हरेक तवरबाट पिडा हुने गरेको बताए । आफ्नो ठाउँमा विकास नहुनु र सिमावर्ती भारत तर्फको मानवनिर्मित संरचनाले पनि बर्सेनि डुवानमा परी कृषिबाली, पशुपंक्षी, मानवीय क्षति हुँदै आएको र यस वर्ष पनि त्यस्तै समस्या भोग्नु परिरहेको उनले गुनासो गरे ।
बाँध तथा अग्लो सडक संरचनाले नदीको प्राकृतिक बहाव रोकिदा वर्षेनी गाउँमा आउने बाढीले जोखिम हुने गरेको पर्सा धोवियाटोलाकी यासमिन खातुनले बताईन् । उनले हरेक वर्ष गाउँमा जनधनको क्षती हुने र बाढी तथा डुबान आउने भन्दै पहिले नै आफना बालबालिकालाई अरुकोमा छोडेर आउन पर्ने बाध्यता रहेको गुनासो गरिन् । हाल पनि मनसुन जारी नै रहेको तथा मनसुन सकेपछिको केही महिनासम्म पनि बाढीको पानीको डुवानमा बस्न बाध्य हुने गरेको नुसरत खातुनले गुनासो गरिन् ।
हाल डुबानमा पर्न नदिने व्यवस्था गर्न विभिन्न प्रयास जिल्ला स्तरमा गरीएपनि त्यो पर्याप्त नभएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । उनले यो समस्या धेरै वर्षदेखी चल्दै आएको र यसको समाधानका लागि दुवै देशका उच्चस्तरका व्यतिmहरु विचमा छलफल हुन आवश्यक रहेको बताए ।
पानीको निकास साँघुरो भएको तथा सीमा नजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या हुँदा नेपालतर्फ समस्या समाधानका लागि बजेट छुट्याएपनि काम गर्न नसकिएको पर्सा पकाहामैनपुरका अध्यक्ष विजय चौरसियाले बताउँछन् । उनले बजेट छुट्याएर काम गर्न खोज्दा सिमा पारीका एसएसबीले गर्न नदिएको गुनासो गरे । प्रमुख चौरासियाले पटक पटक प्रदेश र संघको सम्बन्धित मन्त्रालयमा पहल गर्दै आएको भएपनि हालसम्म केही हुन नसकेको बताए ।
यसबारे प्रदेश २ का उर्जा, खानेपानी तथा सिचाई मन्त्रि ओम प्रकाश शर्माले समस्या समाधानका लागि सघं सरकारका विभिन्न मन्त्रालयसंघ एक चरणको छलफल गरीएको बताउँदै फेरी पनि यसबारे पहल गर्ने प्रयास भईरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय सिमा कानुन अनुसार नेपाल भारत सिमाको दशगजाबाट दुवै तर्फ ९१ मिटर भुभाग खाली राख्नुपर्छ । तर भारत तर्फबाट एकतर्फी रुपमा बाध निर्माण गरिएका कारण सिमाना नजिकका हजारौँ मानिस अहिले पनि समस्या भोग्नु परिरहेको गुनासो गर्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया