नारायणी उपक्षेत्रीय अस्पतालमा अख्तियारको छापा
जनकपुरधाम - पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अस्पतालमातहत रहेको औषधी पसलमा एक करोडभन्दा बढी अनियमितता भएको सूचनाको आधारमा अख्तियारको हेटौंडाबाट खटिएको टोलीले सोमबार छापा मारेको हो ।
केही दिनअघि नारायणी अस्पतालको फार्मेसीमा करिब १ करोड २० लाख रकम हिनामिना भएको खबर सार्वजनिक भएपछि अख्तियारले अस्पतालको लेखा, शाखा, स्टोर र औषधी पसलमा छापा मारेको हो ।
‘अस्पताल मातहतको औषधि पसलमा करोडौंको हिनामिना भएको सूचना पाएपछि छापा मारेका हौं, छापामार्ने क्रममा अनुसन्धानका लागि औषधी खरिदलगायत अस्पतालका कागजात नियन्त्रणमा लिएका छौं,’ अख्तियारको हेटौंडा कार्यालयका प्रवक्ता विष्णु सापकोटाले भने ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले अनुसन्धानका लागि अख्तियारले विगतदेखिको औषधी खरिदको बिलसहित अन्य महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताएका छन् । ‘अख्तियारले पहिल्यैदेखिका बिल र कागजात नियन्त्रणमा लिएको छ । छापा मारेको बेला बिरामीलाई नियमित सेवामा कुनै प्रभाव पर्न दिएका छैनौं,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया