मधेश

प्रदेश २ का मन्त्रीहरूको जिम्मेवारी हेरफेर

इकागज |
भदौ १३, २०७८ आइतबार १३:४२ बजे

जनकपुरधाम - प्रदेश– २ का दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । आइतवार मुख्यमन्त्री लालबाबु राउतले भूमि व्यवस्थ, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उता अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्रीद्वयको जिम्मेवारी हेरफेर गरिएकोबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएका छन । यता आफूलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको पत्र प्राप्त भएको मन्त्री शैलेन्द्र साहले बताएका छन ।आफूले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी कसलाई दिइएको विषयमा भन्ने जानकारी नभएको उनले बताए । ती मन्त्रीहरुको जिम्मेवारी के÷कति कारणले हेरफेर गरिएको हो भन्ने विषयमा खुलाइएको छैन ।


मन्त्री साहसँग जिज्ञासा राख्दा उनले भने, ‘मुख्यमन्त्रीको स्वविवेकको कुरा हो, कुन मन्त्रीलाई कहाँ खटाउने अब के कति कारण हेरफेर गरेको हो भन्ने जानकारी आफू भएन ।’ उता मुख्यमन्त्री राउतसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।
 


Author

थप समाचार
x