मधेश

मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दलित विकास समितिका उपाध्यक्ष बैठालाई पदमुक्त गर्न माग

सुभाष कर्ण |
भदौ २१, २०७८ सोमबार ६:३५ बजे

जनकपुरधाम - महिलामाथि अभद्र व्यवहार गरेको भन्दै प्रदेश २ का दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालाई पदमुक्त गर्न माग गरिएको छ । आइतबार जनता समाजवादी पार्टी दलित मुक्ति महासंघ प्रदेश २ ले उपाध्यक्ष बैठालाई पदमुक्त गर्न माग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको हो ।

उपाध्यक्ष बैठाले जसपा प्रदेश समिति सदस्य ललिता दासमाथि समाजिक संजाल फेसबुकमार्फत अभद्र व्यवहार गरेका थिए । घटनाको ६ महिनापश्चात् बैठालाई पदमुक्त गर्न र कारबाहीको माग गरिएको हो । बैठाले जनता समाजवादी पार्टीको मधेस प्रदेश समिति सदस्य तथा समाजवादी दलित मुक्ति संगठन, मधेस प्रदेश समितिका सचिव ललिता दासलाई तथानाम अश्लिल गालीगलौज एवं अभद्र व्यवहार गरेको आरोप ज्ञापनपत्रमा लगाइएको छ । 


उपाध्यक्ष बैठाले फेसबुकमा म्यासेज पठाएर तथानाम गालीगलौज गरी पीडित दासको दाम्पत्य जीवन समेत धरापमा पार्ने दुस्साह गरेको आरोप लगाइएको छ । उनीमाथि २०७७ चैत ९ गते रातिको समयमा बदनियतपूर्ण तरिकाले सामाजिक सञ्जालमार्फत दाससँग गलत सम्बन्धको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौजमा उत्रेको आरोप समेत लगाइएको छ । दलित अगुवा एवं जसपा दलित मुक्ति महासंघका प्रदेश अध्यक्ष विकास पासवान, महोत्तरीका वैदेही पासवान र रौतहटका उदय नारायण रामले  बुझाएका हुन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x