मधेश

स्टिल उद्योगमा भट्टी पड्किदा वीरगञ्जमा पाँच मजदुरको मृत्यु

इकागज |
भदौ २६, २०७८ शनिबार १६:२१ बजे

फाइल फोटो

पर्सा - वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ । यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदुरलाई उपचारका लागि विहारको पटनास्थित अपोलो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारत विहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनऊका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामकुमार यादव छन् । उपचारकै क्रममा यही भदौ १६ गते तीन जना र  भदौ १८ गते २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेहरुको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको बताइएको छ । 
 



Author

थप समाचार
x