एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ
जनकपुरधाम- प्रहरीले सिरहाबाट एक वडाध्यक्षसहित दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । सोमबार बेलुका ६ बजेतिर सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादवलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा भारतबाट फर्किँदै गर्दा जिल्ला माडर नाकामा चेकजांचको क्रममा प्रहरीले वडाध्यक्ष यादवको साथबाट लागूऔषध बरामद गरेको हो । यादवको साथबाट प्रहरीले नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामद गरिएको र थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले यादवमाथि अनुसन्धान उनले जनाएका छन् । यादव नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
त्यस्तै सिरहा नगरपालिकाकै वडा नम्बर १८ ईटारीमा वडा प्रहरी कार्यालय (ख) बाट खटिएको प्रहरी टोलीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार स.४प. ७६०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा जिल्लाको अर्नामा गाँउ पालिका ३ बस्ने वर्ष २३ को पप्पु दासलाई अबैध लागूऔषधसहित पक्राउ गरिएको हो । उनको साथबाट फेनारागन ईन्जेक्सन-१०० पिस, डाईजेपाम ईन्जेक्सन-१०० पिस र नोर्फीन ईन्जेक्सन १०० बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया