मधेश

प्रदेश-२ मा समाजवादी सरकारमा जाँदै

इकागज |
मंसिर ४, २०७८ शनिबार १२:८ बजे

महोत्तरी- नेकपा एकिकृत समाजवादी प्रदेश-२ को सरकारमा सहभागी हुने भएको छ । समाजवादीले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ ।


भोलि नै नेकपा समाजवादीबाट सिफारिस भएका मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम रहेको नेकपा समाजवादीले जानकारी दिएको छ ।


Author

थप समाचार
x