भन्सार छलेर ल्याइएका कपडा बरामद
जनकपुरधाम : भन्सार छलेर ल्याएको लाखौ रुपैयाँ बराबरको कपडा धनुषा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय यदुकुहाबाट गस्तीमा खटिएको टोलीले शहीदनगर नगरपालिका–६ हठिपुरबाट जिपसहित ४ लाख २३ हजार मूल्य बराबरको लताकपडा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सामाग्रीहरू आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया