मधेश

जलेश्वरनाथ मन्दिरको विकासका लागि सक्दो पहल गर्छु : मन्त्री झाँक्री

इकागज |
मंसिर २९, २०७८ बुधबार ९:५६ बजे

फाइल तस्बिर

महोत्तरी- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताएकी छन् । उनले आज मन्दिरमा पूजाअर्चना गर्दै मन्दिरको जीर्णोद्वारका लागि पहल गर्ने बताइन् । 

जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिइन् । उनलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला र गमछा लगाएर स्वागत गरेका थिए । मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले मन्त्री झाँक्रीलाई पूजामा सहयोग गरेका थिए ।



Author

थप समाचार
x