मधेश

प्रदेश २- प्रदेशसभाको आठौँ अधिवेशनबाट आजबाट, दुई अध्यादेश पेस गरिँदै

इकागज |
मंसिर २९, २०७८ बुधबार १२:१६ बजे

जनकपुरधाम- प्रदेश २ को प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठक बुधबार बस्दै छ । २२ असोजमा सातौँ अधिवेशन सम्पन्न भएपछि बुधबार आठौँ अधिवेशनको पहिलो बैठक बस्दै छ ।  तर, नेपाली कांग्रेसका सांसदहरू पार्टीको महाधिवेशनको क्रममा काठमाडौँमा रहने भएकाले बुधबारको बैठक प्रभावित हुने भएको छ । 

प्रदेशसभामा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको विश्व विद्यालयसम्बन्धी दुईवटा विधेयक पेस गरिने कार्यक्रम छ । तर, सत्तारुढ दल कांग्रेसका सांसदहरू नै अनुपस्थित रहेने भएकाले उक्त विधेयक टेबुल भएर स्थगन हुन सक्ने प्रदेश सभा सचिवायले जनाएको छ । 


 आठौँ अधिवेशनको पहिलो बैठक भएकोले सांसदले शुभकामना दिने कार्यक्रमसमेत रहेको प्रदेशसभा सचिवालय सचिव रंजित यादवले बताए । 


Author

थप समाचार
x