अनियमितता ढाकछोप गर्न मुख्यमन्त्रीले जातीय रंग दिन थालेः जितेन्द्र सोनल
जनकपुर- प्रदेश २ का प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले साइकल खरीद लगायतका योजनाहरुमा भएको अनियमितता ढाकछोप गर्न मुख्यमन्त्री लालबाबु राउतले जातीय रंग दिन लागेको आरोप लगाएका छन ।
बुधबार प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा नेता सोनलले भने, 'मुख्यमन्त्री राउतले सरकारमा भएका अनियमितता ढाकछोप गर्न मुस्लिम भएकै कारण आफूलाई बदनाम गर्न खोजिएको अभिव्यक्ति दिएर सम्प्रादयिक जातीय रंग दिन थालेका छन् ।'
पछिल्लो सातौ अधिवेशनको क्रममा उनले मुस्लिम भएकै कारण आफूलाई बदनाम गर्न खोजिएको भन्दै के मुस्लिम हुनु यो प्रदेशमा अपराध हो भन्ने अभिव्यक्ति दिएका थिए । प्रदेशसभा मात्र नभई विभिन्न सार्वजनिक कार्यक्रममा समेत मुस्लिम भएको कारण आफूलाई बदनाम गर्न गरिएको अभिव्यक्ति दिदै आएकोप्रति नेता सोनलले अनियमितता ढाकछोप गर्न जातीय रंग नदिन आग्रह गरे ।
नेता सोनलले भने, '९० प्रतिशत हिन्दु भएका प्रदेशका उनी मुख्यमन्त्री हुन । यहाँका जानकी मन्दिर, बाराका सिम्रौनगढ लगायतका विभिन्न धार्मिक स्थल, सत्यनारायण भगवानको पूजादेखि हिन्दुका हरेक देवीदेवताको पूजामा मुख्यमन्त्रीज्यूलाई प्रमुख अतिथि बनाईन्छ, तर उहाँ भन्नुहुन्छ मुस्लिम हुन अपरध छ, किन यस्तो भन्दै आएको। '
नेता सोनलले यस अधिवशेनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउन जोडदार रुपमा माग गर्दै किसानलाई मलखाद्य तथा गहुँको बीउ विजन चाँडोभन्दा चाँडो उपलब्ध गराउन समेत माग गरे ।
साथै विधेयक मार्फत गठित सरकारसँग आबद्ध संस्था निकायलाई कार्यकर्ता भर्ती केन्द्र नबनाउन आग्रह गर्दै त्यसलाई व्यवस्थापन गर्न आग्रह गरे । सोनलले भने, 'मधेश विज्ञान प्रतिष्ठान केन्द्र, जनलोकपाल आयोग र दलित विकास समिति लगायतका अन्य संस्थाहरुलाई कार्यकर्ता भर्ती केन्द्र होइन व्यवस्थापन गरेर कार्यान्वयनमा ल्याउनुस ।'
उनले प्रदेश सरकारले ल्याएको अध्यादेश प्रति आपति जनाउंदै भने प्रदेशसभा अवरुद्ध रहेको, हाउस चल्न नसक्ने परिस्थिति र दैवी प्रकोप आएको बेलामा विधि प्रक्रिया अनुसार अध्यादेश ल्याइन्छ । तर निहित स्वार्थ पुरा गर्न ल्याएको अध्यादेशबाट सरकार चलाउनु लोकतान्त्रिक व्यवस्थालाई अवमूल्यन गर्नु र धराशायी गर्नु रहेको आरोप समेत लगाए ।
सरकारले कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय स्थापनाका लागि अध्यादेश जारी गरेका थिए । सो अध्यादेश मार्फत कृषि विश्वविद्यालयको मंसिर २७ गते राजविराजमा उद्घाटन समेत गरिसकेका छन ।
अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल लोसपाले प्रदेशसभा अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । लोसपाका प्रमुख सचेतक परमेश्वर साहले जबसम्म अध्यादेश फिर्ता हुदैन तबसम्म हाउस चल्न नदिने बताए । ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया